कतारमा १५६ जनालाई संक्रमण,नेपालमा ६,०८० जनालाई निको
गत चौबिस घण्टामा देशभर थप १५६ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,१७,०४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १३,२९० जनालाई परिक्षण गरिएको थियो । त्यस्तै आज ३३७ जनालाई निको पनि भएको छ । भाइरसको कारण आज २ जनाको ज्यान पनि गएको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या : २०,१६,७४४ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – २३४ जना
आईसीयुमा भर्ना भएका – ३ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १३३ जना
निको हुनेको संख्या : २,१२,७१६
आज सम्म खोप वितरण : २४,९१,६३८
आजको खोप वितरण : १५,८०१
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
नेपालमा
नयाँ संक्रमित : ४,३११
मृत्यु : ११६
निको भएको : ६,०८०
जम्मा संक्रमित : ५,५३,४२२
जम्मा निको भएको : ४,३४,७५०
जम्मा मृत्यु : ७,१६३