आज कतारमा ३२९ जना र नेपालमा ६,४९१ जनालाई निको
गत चौबिस घण्टामा देशभर थप २२८ जनामा कोरोना भाइरस संक्रमण भएको र २ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,१७,४५८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १५,९८२ जनालाई परिक्षण गरिएको थियो । त्यस्तै आज ३२९ जनालाई निको पनि भएको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या :२०,२४,६०६ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – २१८ जना
आईसीयुमा भर्ना भएका – ४ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १३४ जना
निको हुनेको संख्या : २,१३,३३६
आज सम्म खोप वितरण : २५,४५,१९३
आजको खोप वितरण : ३०,६०८
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
नेपालमा
नयाँ संक्रमित : ४,७६२
मृत्यु : ११४
निको भएको : ६,४९१
जम्मा संक्रमित : ५,६१,३०२
जम्मा निको भएको : ४,४७,४४६
जम्मा मृत्यु : ७,३८६