जुन ७ देखि कतारमा हप्ताको दुई वटा उडान हुने (तालिका सहित)

जुन ७ तारिक देखि कतारमा नियमित उडान खुल्ने भएको छ।
सरकारले नियमित उडान खोल्न दिने निर्णय गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले विशेष उडान तालिका स्वीकृत गरेको छ।
सातामा एक दिन दुई उडानका लागि कतारमा उडान खोलिने छ। प्राधिकरणका अनुसार प्रत्येक सोमबार नेपाल एयरलाइन्स र कतार एयरवेजले १/१ उडान गर्ने छन्।

त्यस्तै हप्तामा एक दिन टर्किस एयरले पनि इस्तानबुल-काठमाडौं उडान गर्ने भएको छ।
यसअघि नै काठमाडौं-नयाँ दिल्ली उडान हप्तामा २ उडान हुँदै आएका छन्।