कोभिड-१९ : कतारमा ३५६ र नेपालमा ५,९०४ जना संक्रमण मुक्त
गत चौबिस घण्टामा देशभर थप १९८ जनामा कोरोना भाइरस संक्रमण भएको र १ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १४४ जना स्थानिय र ५४ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,१८,०८० पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १५,०३९ जनालाई परिक्षण गरिएको थियो । त्यस्तै आज ३५६ जनालाई निको पनि भएको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या :२०,३६,५९९ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – १९८ जना
आईसीयुमा भर्ना भएका – १ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ११६ जना
निको हुनेको संख्या : २,१४,३७७
आज सम्म खोप वितरण : २६,२२,२८५
आजको खोप वितरण : २१,९४१
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
नेपालमा
नयाँ संक्रमित : ६,८२५
मृत्यु : ७५
निको भएको : ५,९०४
सक्रिय संक्रमित : १,०१,८३९
जम्मा संक्रमित : ५,७६,९३६
जम्मा निको भएको : ४,६७,४६७
जम्मा मृत्यु : ७,६३०