कोभिड-१९ : आज कतारमा २४८ र नेपालमा ८,६६३ जनालाई निको
गत चौबिस घण्टामा देशभर थप १८३ जनामा कोरोना भाइरस संक्रमण भएको र २ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १०५ जना स्थानिय र ७८ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,१८,२६३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १६,८१९ जनालाई परिक्षण गरिएको थियो । त्यस्तै आज २४८ जनालाई निको पनि भएको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या :२०,४०,९८४ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – १९० जना
आईसीयुमा भर्ना भएका – २ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ११८ जना
निको हुनेको संख्या : २,१४,६२५
आज सम्म खोप वितरण : २६,४३,५७३
आजको खोप वितरण : २१,२८८
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
नेपालमा
नयाँ संक्रमित : ६,६५३
मृत्यु : १०१
निको भएको : ८,६६३
सक्रिय संक्रमित : ९७,६९९
जम्मा संक्रमित : ५,८१,५६०
जम्मा निको भएको : ४,७६,१३०
जम्मा मृत्यु : ७,७३१