रवि लामिछाने पक्राउ पर्नु उनको कर्मको फल होः अजयबाबु शिवाकोटी

काठमाडौँ, कार्तिक ४-

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नुलाई उनको ‘कर्मको फल’को संज्ञा दिएका छन् ।

आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछाने पक्राउ पर्नुमा कुनै पूर्वाग्रह नरहेको बताएका हुन् । साथै, लामिछानेमाविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, जालसाँझी, किर्ते र संगठित अपराधमा अनुसन्धान अगाडि बढ्ने उनले बताए । उनले आजको दिनसम्म सहकारी ठगीमा एक हजार ६ सय व्यक्ति जेलमा रहेको बताए । जिबी राईजस्तै ६ सय व्यक्तिहरू अहिले पनि फरार रहेको उनले बताए । थुनामा रहेका लामिछाने र १ हजार ६ सय व्यक्ति कानुनको नजरमा बराबरी रहेको उनले बताए ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button