घाममा काम लगाउने ५४ कम्पनीलाई कारबाही
प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले घाममा काम लगाउने थप ५४ कम्पनीलाई कारबाही गरेकोे छ । मन्त्रालयले जुन १ देखि ३ सम्म गरेकोे निरीक्षणमा ती कम्पनीहरुले नियमको उल्लंघन गरेको भेटिएको थियो । मन्त्रालयले गत वर्ष नियम उल्लंघन गर्ने २०० बढी कम्पनीलाई कारबाही गरेको थियो ।
२००७ को मन्त्रिपरिषदको निर्णय १६ अनुसार कतारमा जुन १ देखी सेप्टेम्बर १५ सम्म बिहान १० बाट बेलुका ३:३० बजे सम्म बाहिर घाम पर्ने खुला क्षेत्रमा काम लगाउन पाईदैन । कारबाहीमा परेका निर्माणाधीन , कृषि र उद्योग क्षेत्रका ती कम्पनीलाई तीन दिन बन्द गर्नुपर्ने सजाय दिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सबै कम्पनीलाई निषेधित समयमा काम नलगाउन निर्देशन दिएको छ । कम्पनीले नियमको उल्लंघन गरे ४०२८०६६० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो