कतारबाट दोस्रो उडान, १४५ जना स्वदेश फर्कदै

कोरोना भाइरसका कारण रद्द भएको हवाई उडान पछि समस्यामा परेका नेपालीको अहिले कतार बाट दोस्रो उद्दार उडान हुने तयारी भैरहेको छ ।
मंगलवार बिहान २ बजे हिमालयन एयरलाइन्सको एच ९५६३२ को जहाज मार्फत १ सय ४५ जना नेपाल फर्कदै छन् । यस् उडानमा ६१ महिला, ३, ७ र ८ वर्षका तीन बालबालिका र बाँकी ८१ पुरुष रहेरहेका जनाइएको छ ।  उनिहरु करिब नेपाली समय बिहान १० बजे नेपाल पुग्नेछन् ।

अब अर्को उडान २४ तारिकमा फेरी हिमालयन एयरलाइन्स मार्फत हुने कतार स्थित नेपाली राजदुतावासका द्वितीय सचिव प्रबिण भट्टराईले क्युएन खबरलाई जानकारी दिनु भयो ।

दुताबासको फारम भरेका मध्य पहिलो प्राथमिकतामा परेका उनी हरुको स्वदेश फिर्ती हुन लागेको जनाइएको छ । यस अघि कतार सरकार आँफैले ४३ आममाफी पाएका नेपाली सहित २० नेपालीको शब नेपाल पठाएको थियो भने नेपाल सरकारको मातहतमा पहलो उडानबाट १४९ नेपालीको उद्दार भएको थियो ।

यस उडान पछि तत्काल तेस्रो उडान बारे तयारी गरिने भट्टराईले क्युएन खबरलाई जानकारी दिनुभयो ।

यात्रुहरु
दूतावासका द्वितीय सचिव प्रवीण भट्टराई र भुवन प्रसाद भट्ट लगायत गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी हरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button