कतारमा १९२ र नेपालमा ५,०४२ संक्रमित थपिए
गत चौबिस घण्टामा देशभर थप १९२ जनामा कोरोना भाइरस संक्रमण भएको र १ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १२३ जना स्थानिय र ६९ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,१८,४५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १४,९११ जनालाई परिक्षण गरिएको थियो । त्यस्तै आज ३२५ जनालाई निको पनि भएको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या :२०,४४,९२६ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – १८९ जना
आईसीयुमा भर्ना भएका – ४ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १०८ जना
निको हुनेको संख्या : २,१४,९५०
आज सम्म खोप वितरण : २६,५६,६९५
आजको खोप वितरण : १३,१२२
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
नेपालमा
नयाँ संक्रमित : ५,०४२
मृत्यु : ६८
निको भएको : ८,२४३
सक्रिय संक्रमित : ९७,६९९
जम्मा संक्रमित : ५,८५,१००
जम्मा निको भएको : ४,८४,३७३
जम्मा मृत्यु : ७,७९९