नेपाल फर्कदा अनिवार्य ५ दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने
कतारदेखि नेपाल जाँदा अनिवार्य होटेल क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।
कोभिड-१९ महामारी नियन्त्रणका लागि नेपाल सरकारले भोलि बाट लागू हुनेगरी कतार लगायत अन्य देशबाट नेपाल फर्कदा तोकिएको होटेलमा ५ दिन सम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ । यो नियम दुबै खोप लगाएको व्यक्तिमा समेत लागू हुने कतारस्थित नेपाली दूतावासले बताएको छ ।
होटेल क्वारेन्टाइनमा बस्न प्रति दिन एक व्यक्तिको तीन हजार रुपैयाँ देखि माथी पर्नेछ ।
नेपाल र कतार बिच भोलि देखि हप्ताको एक दिन सोमबार दुई वटा उडान सुचारू हुँदैछ ।
यस्तो छ कतार देखि नेपाल फर्कदा पालना गर्नुपर्ने प्रक्रिया :
१. ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पि. सी. आर. रिपोर्ट ।
२. ५ दिन अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने । यो मापदण्ड दुवै मात्रा खोप लगाइसकेका व्यक्तिको हकमा समेत लागू हुने । क्वारेन्टिन बस्न सकिने होटलको सूचि हेर्न यहाँ थिच्नुहोस । क्वारेन्टिन बसेको चौथो दिनमा पि. सी. आर. परीक्षण गर्ने र नेगेटिभ रिपोर्ट आएमा थप १० दिन होम क्वारेन्टिन बस्नुपर्ने ।
३. आफन्तको अन्तिम संस्कार (काजक्रिया) मा सहभागी हुन नेपाल जाने व्यक्ति, दीर्घरोगी वा शारिरीक रुपमा अशक्त बिरामी र सँगै जाने कुरुवा, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक वा ५ वर्ष मुनिका नाबालक र सँगै आउने नाबालकका आमाबुबा को हकमा स्थानीय तहको सिफारिशको आधारमा १० दिन होम क्वारेन्टिन बस्ने गरी घर/गन्तव्य जान अनुमति दिइने ।
टिकट खरीद तथा क्वारेन्टिनका लागि होटल बुकिंग गर्ने प्रक्रिया तथा अन्य जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न सकिनेछ ।