जुलाई १ अघि पुरानो नोट साट्न बैंकहरुको आग्रह
कतारमा पुरानो नोटहरु जुलाई १ अघि साट्न बैंकहरुले आग्रह गरेको छ ।
“जुलाई १ अघि पुराना नोटहरु साट्नु होला । कतार राष्ट्रिय बैंकको निर्देशन अनुसार पुरानो नोट साट्ने म्याद जुलाई १ सम्म रहेको छ “,कतार नेशनल बैंकले टुईट गरेको छ ।
गत डिसेम्बर १८ तारिखमा कतार राष्ट्र बैंकले नयाँ नोटहरु सार्वजनिक गरेको थियो । पाँचौ संस्करण अन्तर्गत बैंकले एक, पाँच, दश, पचास, एक सय, दुई सय र पाँच सय रियालको नोट जारी गरेको थियो जसमा २०० रियालको नोट भने कतारको ईतिहासमै पहिलो पटक सार्वजनिक निकालिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो