बिज्ञापन

वक्रा रंगशालामा एक नेपालीको ज्यान गयो

कतारले आयोजना गर्ने २०२२ विश्वकपको लागि निर्माण भइरहेको अल वक्रा रंगशालामा हिजो बिहान एक नेपालीको ज्यान गएको छ। ज्यान गुमाउनेमा मोरङ निवासी तेज नारायण थारु रहेका छन्।  रंगशाला निर्माणको जिम्मा लिएको सुप्रीम कमिटी फर डेलिभरी एण्ड लिगेसी ले एक विज्ञप्ति जारी गर्दै कार्यस्थलमा उनको ज्यान गएको बताएको छ। मृत्युको कारण बारे केही खुलाइएको छैन।

घटना बारे अनुसन्धान सुरु गरिएको र मृतकको नजिकको व्यक्ति, कतारी तथा नेपाली अधिकारीहरूलाई खबर गरिसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ। कमिटीले यस दुःखद घडीमा मृतकको परिवार प्रति गहिरो समवेदना समेत प्रकट गरेको छ।

निर्माणधिन सोही रंगशालामा सन् २०१६ को अक्टोबरमा अर्का नेपाली अनिल कुमार पासवानको पानी ट्यांकरको ठक्करले मृत्यु भएको थियो।

कमिटीको विज्ञप्ति यस्तो छ :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button