कतारमा १८२ र नेपालमा ५,१५३ संक्रमित थपिए
गत चौबिस घण्टामा देशभर थप १८२ जनामा कोरोना भाइरस संक्रमण र १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये ९४ जना स्थानिय र ८८ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,१८,९८० पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १६,५४४ जनालाई परिक्षण गरिएको थियो । त्यस्तै आज २६४ जनालाई निको पनि भएको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या :२०,५६,६५६ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – १७२ जना
आईसीयुमा भर्ना भएका – ० जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ९६ जना
निको हुनेको संख्या : २,१५,८९९
आज सम्म खोप वितरण : २७,१६,६७०
आजको खोप वितरण : १५,७२८
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
नेपालमा
नयाँ संक्रमित : ५,१५३
मृत्यु : १०८
निको भएको : ६,५७०
सक्रिय संक्रमित : ८२,७३६
जम्मा संक्रमित : ६,११,३०८
जम्मा निको भएको : ५,०४,५३०
जम्मा मृत्यु : ८,०९८