कतारमा १७८ र नेपालमा ५,२९३ जनालाई निको
गत चौबिस घण्टामा देशभर थप १४३ जनामा कोरोना भाइरस संक्रमण र १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये ८९ जना स्थानिय र ५४ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,१९,२८१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १८,५३४ जनालाई परिक्षण गरिएको थियो । त्यस्तै आज १७८ जनालाई निको पनि भएको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या :२०,६७,६६१जना
अस्पतालमा उपचार भैरहेका जम्मा – १६७ जना
आईसीयुमा भर्ना भएका – ० जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ९० जना
निको हुनेको संख्या : २,१६,३०१
आज सम्म खोप वितरण : २७,४८,४५२
आजको खोप वितरण : १९,०१५
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
नेपालमा
नयाँ संक्रमित : ३,७५९
मृत्यु : ५९
निको भएको : ५,२९३
सक्रिय संक्रमित : ७७,८५८
जम्मा संक्रमित : ६,१९,४०१
जम्मा निको भएको : ५,१५,५९१
जम्मा मृत्यु : ८,२३८