"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

हेल्थ कार्ड कसरी बनाउने ?

कतारमा सरकारी अस्पताल बाट सेवा लिन हेल्थ कार्डको अनिवार्य रहेको छ । कतार प्रवेश गरेपछि आफ्नो रोजगारदाताले नै निशुल्क हेल्थ कार्ड बनाइदिनु पर्ने श्रम कानूनमा उल्लेख गरिएको छ । तर अन्यको हकमा यो आफैले बनाउन पनि त्यति गार्हो भने छैन ।

कसरी बनाउने हेल्थ कार्ड ?

आफुलाई पायक पर्ने कुनै पनि प्राइमरी हेल्थ केयर सेन्टर (पिएचसिसि) मा गएर हेल्थ कार्ड सजिलै संग बनाउन सकिन्छ । कार्ड बन्न सोहि दिन वा केही दिनको समय लाग्नेछ र बिहानको समयमा गए काम छिटो बन्नेछ ।

केके कागजपत्र चाहिन्छ ?

१. नजिकैको पिएचसिसि सेन्टर जानुहोस । फारम भर्नुहोस ।

२. म्याद भएको कतारी आईडी वा भिसा भएको पासपोर्ट ।

३. फोन वा कर्हामा (पानी तथा बिजुली) बिल ।

४. एक सय कतारी रियाल शुल्क क्रेडिट कार्ड बाट तिर्नुहोस । हराएमा दुई सय रियाल शुल्क लाग्नेछ ।

नजिकैको पिएचसिसि सेन्टर हेर्न यहाँ  थिच्नुहोस ।

हराएमा के गर्ने / नविकरण कसरी गर्ने ?

हेल्थ कार्डको म्याद सामान्यतया एक वर्षको हुन्छ ।
यसलाई अनलाइन वा कार्यालय नै गएर नयाँ निकाल्न वा नविकरण गर्न सकिन्छ । म्याद भएको कतारी आईडी र हेल्थ कार्ड लिएर कुनैपनि सरकारी अस्पतालको काउन्टरमा बुझाए नविकरण गर्न सकिन्छ ।

नविकरण गर्न एक सय र हराएर नयाँ निकाल्न दुई सय रियाल शुल्क लाग्नेछ ।

अनलाइन मार्फत नविकरण गर्न,हराएर वा बिग्रेकाले नयाँ निकाल्न यहाँ  थिच्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button