बालबालिकालाई मल तथा शुकमा प्रवेश दिइने
कतारमा कोभिड-१९ को प्रतिवन्ध हटाउने दोस्रो चरणको निर्णय संगै अब बालबालिकालाई मल तथा शुकमा प्रवेश दिइने भएको छ ।
मन्त्रीपरिषदको आज बसेको बैठकद्वारा भएको निर्णयअनुसार १२ वर्ष भन्दा मुनिका बालबालिकालाई जुन १८ शुक्रबारदेखि मल तथा शुकमा प्रवेश दिइने भएको हो । त्यस्तै शपिङ सेन्टर ५० र फुड कोर्ट ३० प्रतिशत क्षमतामा खुल्न पाउनेछ ।
तर सात वर्ष भन्दा मुनिका बालबालिकालाई मस्जिदमा प्रवेश दिईने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो