"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

हवाई उडान थपिने,क्वारेन्टाइनको खर्च सरकारले बेहोर्ने

नेपालमा कोरोनाभाइरसको दैनिक स्थिति सुधार आएसंगै कतार लगायत खाडी मुलुक र मलेशियामा अलपत्र परेका नेपाली कामदारलाई स्वदेश फर्काउने काम अर्को हप्ताबाट सुरु हुने कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले बताएको छ ।

समितिको बैठकले बुधवार गरेको निर्णय मन्त्रिपरिषद्ले अनुमोदन गर्न भने बाँकी छ । समितिको निर्णय अनुसार सातामा २,००० यात्रुभन्दा नबढ्नेगरी हवाई उडान सञ्चालन गरिनेछ।

खर्च बेहोर्न नसक्ने कामदारका लागि होटेल क्वारन्टीनको लागि सहयोग रकम उपलब्ध हुने

सीसीएमसीको निर्देशक समितिले विभिन्न कारणले खर्च बेहोर्न नसक्ने कामदारका लागि होटेल क्वारन्टीनको लागि सहयोग रकम उपलब्ध गराउने निर्णय पनि गरेको अधिकारीहरूले बताएका छन्।

कुल १५ दिन क्वारन्टीन बस्नुपर्ने र त्यसमध्ये १० दिनको खर्च राज्यले उपलब्ध गराउने भनिएको छ। कोभिड परीक्षणको शुल्क र घर जानका लागि जिल्ला सदरमुकामसम्म यातायातको व्यवस्था पनि सरकारले गर्ने निर्णयमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button