आज १८४ जनामा भाइरस देखियो,थप १ जनाको मृत्यु
गत चौबिस घण्टामा देशभर थप १८४ जनामा कोरोना भाइरस संक्रमण भएको र १ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १०५ जना स्थानिय र ७९ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,२०,५०९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २०,९०१ जनालाई परिक्षण गरिएको थियो । त्यस्तै आज १४३ जनालाई निको पनि भएको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या :२१,०५५४७ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – १३० जना
आईसीयुमा भर्ना भएका – २ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ७६ जना
निको हुनेको संख्या : २,१७,९०१
आज सम्म खोप वितरण : २८,६८,१६२
आजको खोप वितरण : १२,०१३
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
नेपालमा
नयाँ संक्रमित : १,९६३
मृत्यु : ४४
निको भएको : ४,०२०
सक्रिय संक्रमित : ६५,८०४
जम्मा संक्रमित : ६,१७,९४७
जम्मा निको भएको : ५,४९,६८२
जम्मा मृत्यु : ८,६४१