दोहा-काठमाडौंको दुईतर्फी उडान हप्तामा चारवटा हुने
अब दोहा-काठमाडौंको दुईतर्फी उडान हप्तामा चारवटा हुने भएको छ ।
स्वास्थ्य मापदण्ड पूर्ण पालना हुनेगरी दोहा काठमाडौंको यसअघि भैरहेको एक उडानलाई बढाएर सातामा चारवटा हुने सरकारले निर्णय गरेको हो । सरकारको निर्णय अनुसार नेपाल एयरलाइन्स र कतार एयरवेजको दुईतर्फी दुई दुई गरि सातामा चारवटा उडान हुनेछ ।
त्यस्तै सरकारले आन्तरिक उडान पनि खुला गरेको छ। ५० प्रतिशत यात्रु नबढ्ने गरी सरकारले आन्तरिक उडान खुला गर्ने निर्णय गरेको हो।
सरकारले आन्तरिक उडान खुला गरेसँगै दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ।
मन्त्रीपरिषद निर्णयको पूरा विवरण :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो