"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतारमा खुल्यो विश्वकै ठुलो मध्ये एक खोप केन्द्र

कोभिड-१९ खोपका लागि हाल संचालनमा रहेको दुई ड्राइभ थ्रु सेन्टर र क्युएनसिसि खोप केन्द्र बन्द हुने भएको छ ।

नयाँ खोप केन्द्रको स्थापना भएसंगै ती खोप केन्द्र अबको दुई हप्ता भित्र बन्द हुन लागेको हो । यी केन्द्रहरु बाट नौ लाख बढीले कोरोनाभाइरसको दोस्रो डाेजको खोप लगाएका छन् । गर्मी मौसम संगै त्यहाँ काम गर्ने कर्मचारी र सेवाग्राहीलाई समस्या हुने देखिएपछि खोप केन्द्र बन्द हुनुको प्रमुख कारण रहेको छ ।

ड्राइभ थ्रु सेन्टर मध्ये लुसेल केन्द्र जुन २४ , वक्रा जुलाई १ र क्युएनसिसि केन्द्र जुन ३० देखि बन्द हुनेछ ।


नयाँ खोप केन्द्र

व्यवसाय तथा उद्योग क्षेत्रको लागि अहिले बनेको नयाँ केन्द्र विश्वकै ठुलो खोप केन्द्र मध्ये एकमा पर्ने कतार सरकारले बताएको छ । केन्द्रबाट  दैनिक २५ हजार डाेज खोप वितरण गरिने लक्ष्य राखिएको छ । त्यस्तै अहिले देशभरका अन्य २७ पिएचसिसि केन्द्रबाट पनि दैनिक १५ हजार डाेज खोप वितरण भैरहेको छ । नयाँ केन्द्र सन्चालनमा आएपछि राष्ट्रिय कोभिड-१९ खोप अभियान अन्तर्गत कतारमा दैनिक ४० हजार डाेज खोप वितरण हुने पिएचसिसिका कार्यकारी निर्देशक डाक्टर मारियम अब्दुलमलिकले बताएका छन् ।

जम्मा ३ लाख वर्ग मिटरमा फैलिएको खोप केन्द्रमा ३ सय खोप स्टेशन बाट ७ सय कर्मचारीले सेवा दिनेछन् । व्यवसायीले आफ्नो कर्मचारीलाई खोप लगाउन qvc@hamad.qa बाट एपोइन्टमेन्ट लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button