कतारमा तीस लाख बढी कोरोनाभाइरस खोपको डाेज वितरण

कतारमा तीस लाख बढी कोरोनाभाइरस खोपको डाेज वितरण भएको छ । राष्ट्रिय कोभिड-१९ खोप अभियान अन्तर्गत हालसम्म ३,००८,८२२ डाेज खोप वितरण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
More than 3 million doses administered in National COVID-19 Vaccination Program#YourSafetyIsMySafety pic.twitter.com/AbH1Up7hJM
— وزارة الصحة العامة (@MOPHQatar) June 26, 2021
मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार कतारमा ७१.३ प्रतिशत योग्य व्यक्तिले खोप लगाइसकेका छन् । त्यस्तै ५८.२ प्रतिशत योग्य व्यक्तिले दुबै डाेज र ४० वर्ष भन्दा माथिका ९०.३ प्रतिशत व्यक्तिले कम्तिमा पहिलो डाेज खोप लगाएका छन् ।