मेट्राश २ एपमा नयाँ ई-वालेट सेवा
आन्तरिक मन्त्रालयले मेट्राश २ एपमा नयाँ ई-वालेट सेवा ल्याएको छ ।
ई-वालेटमा कतारी आईडी,रेसिडेन्स परमिट,ड्राइभिङ लाइसेन्स,सवारी दर्ता र सवारी नम्बरको धनी लगायतको कागजपत्र समावेश छन् ।
ई-वालेट सेवा मार्फत आफ्नो कागजपत्र मेट्राश एप बाट देखाएर आन्तरिक मन्त्रालयको विभिन्न विभागको सेवाहरु सहज र छिटोछरितोमा लिन सकिन्छ । त्यस्तै प्रहरीले सोधपुछ गरेमा ई-वालेट बाटै कागजपत्र देखाउन सकिन्छ र आईडी,ड्राइभिङ लाइसेन्स लगायतको कागजपत्र बोकेरै हिड्नु नपर्ने मन्त्रालयले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो