सुतेकै अवस्थामा ज्यान गयो

उदयपुर राउता माई गाउँपालिका वडा नं दुईका ३८ वर्षीय भूपेन्द्र दर्लामी मगरको सुतेकै अवस्थामा ज्यान गएको छ।

लेबर सिटीमा बस्ने मगर कतार आएको १६ महिना मात्र भएको थियो।साँझ खाना खाएर सुतेका उनले राति करिब १:३५ बजे तिर अनौठो आवाज निकालेको कोठा सँगै बस्ने साथीहरुले बताएका छन्।साथीहरुले तत्काल प्रहरी र एम्बुलेन्सलाई खबर गरेका थिए।उनको हृदयघातको कारणले निधन भएको अस्पतालले जानकारी दिएको छ।यतिखेर उनको शव हमाद अस्पतालमा राखिएको छ।

सरकारले खोजेन अचानक मृत्यु हुने कारण

यसरी विदेशमा नेपालीको मृत्यु हुने घटना मलेसिया पछि कतार दोस्रो नम्बरमा पर्छ।विदेशी भूमिमा यतिका धेरै नेपाली कामदारको अचानक मृत्यु हुँदा पनि सरकार बेखबर छ। सरकारले अध्ययनका आधारमा कामदारहरुको असन्तुलित भोजन, कार्यस्थलको असुरक्षा, अव्यवस्थित र अपर्याप्त आराम, न्यून तलब, स्वास्थ्यमा लापरबाही र पारिवारिक दबाबजस्ता कारण हुन सक्ने जनाएको थियो।

कतिले त रोजगारमा गएका कतिपय नेपालीले धेरै रक्सी खाने, पानी कम पिउने, समयमा खाना नखानेजस्ता कारणले मुटुको समस्या हुने तर्क गरेका छन्।राम्रो अनुसन्धान नहुन्जेल यी सबै अनुमानका विषय मात्रै हुन्।गहन अध्ययन पश्चात निस्केको ठोस कारणले मात्र कामदारलाई यसको जोखिम बारे जनचेतना फैलाउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button