ठुलो मात्रामा लागुऔषध बरामद
कतारको भन्सार विभागले रसलाफान बन्दरगाह हुँदै लागुऔषध तस्करी गर्ने प्रयासलाई विफल बनाएको छ ।
विभागले एक भिडियो मार्फत ट्विट गर्दै ९,६०० चक्की लागुऔषध बरामद गर्न सफल भएको जानकारी दिएको छ । लागुऔषध लगेजमा लुकाएर ल्याउने प्रयास गरिएको थियो । विभागले सो घटनामा कुन मुलुकको कति जना नागरिक पक्राउ परे भन्नेबारे केही खुलाएको छैन ।
أحبطت إدارة الجمارك البحرية في قسم جمرك ميناء رأس لفان من تهريب 9600 كبسولة من الحبوب الممنوعة
تم إخفاء الممنوعات داخل أمتعة مسافر، وعند وصول المسافر إلى ساحة الجمارك تم تفتيش الحقيبة وتم العثور على المضبوطات#جمارك_قطر pic.twitter.com/HSGLGSRFQT
— الهيئة العامة للجمارك (@Qatar_Customs) July 1, 2021
विभागले अवैध सामान ल्याउन रोक गर्दै बारम्बार सावधानी गर्दै आएको छ । देशमा उपलब्ध अत्याधुनिक मेसिनले तस्करीको हाउभाउ तथा प्रकृति सजिलै सँग पत्ता लगाउन सक्ने विभागले बताएको छ ।