सावधानीका उपायहरू उल्लंघन गर्ने २१५ जना कारबाहीमा परे
आन्तरिक मन्त्रालयले आज सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप २१५ जनालाई कारबाही गरेको छ । सामाजिक दूरी कायम नगर्ने १६ जना लाई पनि कारबाही गरिएको मन्त्रालयले बताएको छ ।
त्यस्तै एह्तेराज एप प्रयोग नगर्ने दुई जना पनी कारबाहीमा परेका छन् ।
कारबाहीमा पर्नेहरुको राष्ट्रियता भने मन्त्रालयले खुलाएको छैन ।
संक्रामक रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय र १९९० को कानून नं १७ बमोजिम कोरोनाभाइरसको फैलावट सीमित राख्नको लागि अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले उनिहरु लाई सार्वजनिक अभियोजनको मुद्दा चालाईएको , “मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । जारी कानून उल्लङ्घन गर्नेलाई तीन वर्षको जेल सजाय वा दुई लाख रियाल सम्मको जरिवाना हुन सक्दछ।
कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।