कतारको भवन दुर्घटनामा दुई विदेशी नागरिक सहित एक नेपालीको मृत्यु,एक घाइते

कतारको ओम सलाल अलीस्थित कतारी सेनाको निर्माणधीन भवनमा दुर्घटना हुदाँ एक नेपाली सहित  दुई विदेशी कामदारको मृत्यु भएको कतारको रक्षा मन्त्रालयले जनाएको छ । केही घाइते भएका छन् ।
मृत्यु हुने नेपाली कामदारमा चिनक मल्लाह रहेको नेपाली दूताबासले जनाएको छ । घाइते हुनेमा गंगाराम चौधरी छन् । घटनाको बिस्तुत सुचना आउन अझै बाँकी छ ।

अल बन्दरी इन्जिनियरीङ ट्रेडिङ कम्पनीले बनाउदै आएको त्यस भवनमा अन्य कम्पनीका कामदार समेत रहेका थिए । मृत्यु हुने बाँकी दुई फिलिपिनी र भारतीय  कामदार रहेका छन् ।
त्यस आयोजनाभित्र ठुलो सख्यामा कामदारहरु कार्यरत थिए । दुर्घटनामा सामान्य घाइते भएकालाई उपचार गरी क्याम्पमा पठाइसकेको छ । त्यस घटनामा मृत्यु हुनेलाई उचित क्षतिपुर्ति दिइने रक्षा मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

साथै हिजो फेसबुक मा भाइरल भएका तस्बीर तथा फोटोहरु भने यस घटनाको नभएको जानकारी गराउन चाहान्छौ । 

स्रोत:कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button