शुक्रबार देखि प्रतिवन्ध थप खुकुलो हुने
कोभिड-१९ को प्रतिवन्ध क्रमश खुकुलो पार्ने क्रममा कतारले तेस्रो चरण शुक्रबार जुलाई ९ देखि सुरु गर्ने भएको छ । प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलजिज अल थानीको अध्यक्षतामा मन्त्रीपरिषदको आज बसेको बैठकद्वारा शुक्रबारदेखि थप प्रतिवन्ध फुकुवा गर्ने निर्णय भएको हो ।
तेस्रो चरण – जुलाई ९ तारिक देखि
यातायात
सार्वजनिक सवारीसाधन र मेट्राे ५० प्रतिशतले चल्न पाउने । बस भने ३० प्रतिशत क्षमतामा चल्न पाउने ।
ड्राइभिङ स्कुलहरु ५० प्रतिशत खुल्न दिने । सबै कर्मचारीले खोप लगाएको हुनुपर्ने ।
निजि डुङ्गा ५० प्रतिशतले चल्न पाउने । भाडाका डुङ्गा ३० प्रतिशतले चल्न पाउने । २० जना सम्म राख्न पाउने र खोप नलगाएका ३ जना भन्दा बढी राख्न नपाउने ।
व्यापार तथा व्यवसाय
-सावधानी अपनाएर ८० प्रतिशत कामदारले काम गर्न पाउने । १५ जना सम्मले बैठक गर्न पाउने ।
खोप नलगाएका कामदारलाई साप्ताहिक रुपमा एन्टिजेन परिक्षण गराउनुपर्ने ।
होलसेल मार्केट र शुक ५० प्रतिशतले चल्न पाउने ।
सिनेमा घर र थिएटर ३० प्रतिशतले चल्न पाउने । त्यसमध्ये ७५ प्रतिशत दर्शकले खोप लगाएको हुनुपर्ने । खोप नलगाएका २५ प्रतिशत बालबालिकाले पनि प्रवेश पाउने ।
खोप लगाएका ८० प्रतिशत सरसफाइ क्षेत्रका कामदारले काम गर्न पाउने ।
स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएर ३० प्रतिशत क्षमताले प्रदर्शनी, सम्मेलन गर्न पाउने ।
शपिङ सेन्टर ५० प्रतिशतले खुल्न पाउने , फुड कोर्ट ३० प्रतिशतले खोल्न पाउने ।
कतार क्लिन सर्टिफिकेट लिएका रेस्टुरेन्ट ५० प्रतिशतले खुल्न पाउने ।
५० प्रतिशतले सैलुन र ब्युटि पार्लर खोल्न पाउने । ग्राहक तथा कर्मचारीले खोप लगाएको हुनुपर्ने ।
पार्क तथा अन्य मनोरञ्जन स्थल ५० प्रतिशतले खुल्ने ।
निजि मेडिकलहरु पुर्ण रुपमा खुल्न पाउने । सबै कर्मचारीले खोप लगाएको हुनुपर्ने ।
एकै घरका वा परिवारका १५ जना सम्म भेला हुन पाउने ।
खेलकुद प्रशिक्षण भित्री स्थानमा १५ र बाहिरी स्थानमा ३० जना खोप लगाएका खेलाडीले गर्न पाउने ।
शिक्षा ,स्वास्थ्य र खेलकुद
निजि स्वास्थ्य क्षेत्रले पूर्ण रुपमा सेवा दिन पाउने । कर्मचारीले खोप लगाएको हुनुपर्ने ।
भित्री र बाहिरी व्यावसायिक खेल प्रशिक्षण गर्न पाउने । अन्यले खेलकुद प्रशिक्षण भित्री स्थानमा १५ र बाहिरी स्थानमा ३० जना खोप लगाएका खेलाडीले गर्न पाउने ।
स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएर स्थानीय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न पाउने । ७५ प्रतिशत सम्म खोप लगाएका दर्शक राख्न पाउने।
जिम,ट्रेनिंग क्लब र स्पा ५० प्रतिशतले खुल्न पाउने । ग्राहक तथा कर्मचारीले खोप लगाएको हुनुपर्ने ।
विद्यालय तथा निजि शैक्षिक संस्था ५० प्रतिशत खोल्न पाउने।