“फिफा विश्वकप २०२२” सुरु हुन ५०० दिन बाँकी
कतारले आयोजना गर्ने फिफा विश्वकप २०२२ सुरु हुन अब ५०० दिन मात्र बाँकी छ ।
मध्यपुर्व तथा अरब राष्ट्रमा पहिलो पटक हुन लागेको विश्वकपको उद्घाटन नोभेम्बर २१ को दिन अल खोरस्थित अल बायत रंगशालामा हुनेछ ।
प्रतियोगिताका लागि रंगशाला,परिक्षण केन्द्र लगायतका पुर्वाधार ९५ प्रतिशतले सकिसकेको छ । हालसम्म ४ वटा रंगशालाको उद्घाटन भैसकेको छ र मेट्राे पनि सन्चालनमा आइसकेको छ ।
“जम्मा ५०० सय बाँकी दिनको मतलब प्रतियोगिताको नजिक हामी आइसकेका छ र दश वर्ष देखिको मेहनत संगै हामी मध्येपुर्वमा यति ठुलो प्रतियोगिता भव्यताका साथ आयोजना गर्न सक्षम छौ”,आयोजक प्रमुख नास्सेर अल खतेरले बताउनुभएको छ ।
कतार विश्वकपको केहि रोचक तथ्य
• ३२ टिम, २८ दिन, ८ रंगशाला ।
• साढे १० लाख दर्शक आउने अनुमान ।
• रंगशाला बिचको दुरी ५ देखि ७५ किलोमिटर ।
• राजधानी दोहा देखि जम्मा एक घन्टाको बिचमा सबै रंगशाला पुग्न सकिने ।
• विश्व प्रसिद्ध अवार्ड जितेको विमानस्थल ।
• ९५ प्रतिशत पुर्वाधार निर्माण सम्पन्न ।