६ महिना भित्रै कतार फर्कदा इन्ट्री परमिट नचाहिने
कतारमा कोभिड-१९ को प्रतिवन्ध खुकुलो भएसंगै अब कतार फर्कन चाहिने इन्ट्री परमिट शर्तअनुसार नचाहिने भएको छ ।
आप्रवासी नागरिक तथा वर्किङ भिसा भएका पर्यटकले कतार छोडेर गएको ६ महिना भित्र फर्कने परे र आईडीको म्याद भए अब इन्ट्री परमिट नचाहिने विमानस्थल राहदानी विभाग अन्तर्गतको प्रशासनिक मामिला प्रमुख मेजर अब्दुलाह अल जस्मीले कतार टेलिभिजनको एक कार्यक्रममा बताउनुभएको छ ।
कोरोनाभाइरस महामारीका कारण कतारले यसअघि इन्ट्री परमिट अनिवार्य गरेको थियो ।
प्रमुख अल जस्मीको अनुसार यदि कतार छोडेर गएको ६ महिना कटेको भए वा आईडीको म्याद सकिएको भए हुकुमीको वेबसाईट मार्फत वा मेट्राश २ एप मार्फत जरिवाना तिरेर पुरानै प्रक्रिया अनुसार कतार आउनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो