उपचार गराउँदा गराउँदै अस्पतालबाटै मिर्गौला गायब !

काठमाडौं, मंसिर ५-

नेपाल मेडिसिटी अस्पतालमा मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफन्त आन्दोलनमा उत्रिएका छन्। अस्पतालले उपचाररत बिरामीको प्रत्यारोपण गरेको मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफ्न्त चार दिनदेखि आन्दोलनमा छन्।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ, मृतकका आफ्न्त कुमार राईका अनुसार इलामका ३८ वर्षका सरोज सुब्बाको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा असोज ६ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रत्यारोपण गरेको केही दिनमा नै अस्पतालले बिरामीलाई अस्पतालबाट डिस्जार्च गरेको थियो। केही समयपछि प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आई बिरामी अस्पतालमा भर्ना भएका थिए।

‘सुब्बाको मिर्गौला बिग्रिएर असोज ६ गते अस्पतालमा प्रत्यारोपण गरिएको थियो। केही दिनपछि अस्पतालले निको भएको भन्दै डिस्चार्ज गरिदिएको थियो’, राईले भने, ‘घर गएको केही समयपछि प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आएर उहाँ पुनः अस्पतालमा भर्ना हुनुभयो। कार्तिक २१ गते अस्पतालले इन्फेक्सन भएको भन्दै मिर्गौला निकालिदिएको थियो। मिर्गौला निकालेको भोलिपल्ट नै उहाँको मृत्यु भयो।’

राईले किरिया खर्च पाँच लाख उपलब्ध र दुईवटामध्ये एकजना छोरो पढाइदिने सहमत नभई शव नबुझ्ने अडान लिएका छन्।

‘मृतकको उपचार गर्दा गर्दै उहाँको परिवार आर्थिकरूपमा निकै कमजोर भइसकेको छ। अब अस्पतालले किरिया खर्च पाँच लाख र उहाँका दुईवटा छोरामध्ये एक जनालाई पढाउने सहमत गर्ने हो भने हामी शव बुझ्न तयार छौँ’, उनले भने।

के भन्छ मेडिसिटी ?

अस्पतालका सूचना अधिकृत डा राजु रानाले सबै प्रक्रिया अनुसार नै सुब्बाको उपचार गराएको र पूर्ण निको भएपछि मात्र अस्पतालले डिस्चार्ज गरेर घर पठाएको दाबी गरे।

‘अस्पतालमा इन्फेक्सन भएको होइन। उहाँको प्रत्यारोपण भइसकेपछि मिर्गौलाले शरीरमा राम्रोसँग काम गर्न सुरु गरेको थियो। स्वस्थ भइसकेपछि हामीहरूले अस्पतालबाट डिस्चार्ज गरेका थियौँ। मिर्गौला प्रत्यारोपणको करिब दुई महिनापछि इन्फेक्सन भएर बिरामीको मृत्यु भएको हो’, उनले भने।

डा रानाका अनुसार इन्फेक्सन शरीरभर फैलिसकेपछि परिवारको सल्लाहमा नै मृतकको प्रत्यारोपण गरेको मिर्गौला झिकेर वायप्सीको लागि पठाइएको हो। इन्फेक्सन शरीरभरी फैलिसकेकाले निमोनिया भएर सुब्बाको मृत्यु भएको दाबी उनले गरे।

यदि अस्पतालले उपचारमा कुनै गल्ती गरेको भएर मृतक पक्षले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था छ। कानुनी प्रक्रिया हुँदाहुँदै मृतकका आफ्न्त क्षतिपूर्तिको माग राख्दै आन्दोलनमा उत्रिएर बिरामी, एम्बुलेन्स आवत जावतमा समस्या निम्त्याएको डा।रानाको भनाइ छ।

‘बिरामीको मिर्गौला प्रत्यरोपण गरेको करिब २ महिनापछि इन्फेक्सन भएको हो। मृतकका आफ्न्तले क्षतिपूर्ति माग गर्नु भएको छ। हामीले उहाँहरूलाई के आधारमा क्षतिपूर्ति दिनेरु’, उनी भन्छन्, ‘कानूनी प्रक्रियामा जानुस हामीले सहयोग गछौँ भन्दा पनि मान्नुहुँदैन।”

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button