इदमा सरकारी क्षेत्रलाई आठ दिन बिदा
इस्लाम धर्मावलम्बीहरूको पर्व “इद अल अधा”को अवसरमा सरकारी क्षेत्रमा पछिल्लो वर्ष जस्तै आठ दिन बिदा हुनेभएको छ ।
सरकारी कार्यालय,मन्त्रालय तथा अन्य सार्वजनिक क्षेत्र भित्र पर्ने कार्यालयहरूमा बिदा आइतबार १८ जुलाई देखि आइतबार जुलाई २५ सम्म हुने अमिरी दिवानले आज सूचना प्रकाशित गर्दै जानकारी गराएको हो। सम्पूर्ण सरकारी कर्मचारीहरुले सोमबार जुलाई २६ बाट काम सुचारु गर्नेछन् । यो वर्षको इद जुलाई २० तारिक मंगलबार पर्ने अपेक्षा गरिएको छ ।
त्यस्तै गरी कतार केन्द्रीय बैंक(क्युसिबी) अन्तर्गत पर्ने बैंक,वित्तीय संस्था लगायत अन्यलाई क्युसिबीले बिदा तोक्नेछ।
निजी क्षेत्र
इद अल फित्रकै अवसरमा कतारमा निजी क्षेत्रका कामदारहरुले कम्तीमा तीन दिन बिदा पाउने श्रम कानूनमा उल्लेख गरिएको छ।यद्यपि अत्यावश्यक काम गर्नुपर्ने कम्पनीको अवस्थामा इदको पहिलो दिन अनिवार्य बिदा र बाँकी दुई दिन काम लगाए ओभरटाइम दिनुपर्ने नियम रहेको छ।