साढे दुई हजार केजी भन्दा बढी सुर्ती बरामद
कतार भन्सार निरीक्षण विभागले लुकाएर ल्याइएको अवस्थामा २,७३८ केजी सुर्ती बरामद गरेको छ। जहाज मार्फत हमाद बंदरगाहमा आएको सामान जाँच्ने क्रममा अनारको बक्सा भित्र सुर्ती भेटिएको हो ।
تمكنت إدارة الجمارك البحرية متمثلة في جمرك ميناء حمد
من احباط تهريب مادة التنباك الممنوعة
تم أخفاء الممنوعات داخل صناديق الرمان
بلغ وزن المادة المضبوطة 2738 كيلو. #جمارك_قطر#كافح pic.twitter.com/s89fGTNiBL— الهيئة العامة للجمارك (@Qatar_Customs) July 15, 2021
एक्सरे मेसिन मार्फत समान जाँच्ने क्रममा अनारको बक्सा भित्र सुर्ती लुकाएर ल्याइएको पत्ता लागेको थियो। जहाजलाई नियन्त्रणमा लिएर त्यसका सदस्यलाई कानुनी प्रक्रिया अगाडि बढाइएको विभागले बताएको छ।
यसअघि गत महिना पनि बन्दरगाहमा १० टन सुर्ती बरामद गरिएको थियो। कतारमा सुर्ती सेवन तथा त्यसको किनबेच अवैध मानिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो