कतारमा ११६ र नेपालमा १,३१० संक्रमित थपिए
गत चौबिस घण्टामा देशभर थप ११६ जनामा कोरोना भाइरस संक्रमण र ९८ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये ६५ जना स्थानिय र ५२ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,२४,१६० पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २१,६५३ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या :२२,५९,०८९ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ७० जना
आईसीयुमा भर्ना भएका – १ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ३२ जना
निको हुनेको संख्या : २,२२,०११
आज सम्म खोप वितरण : ३५,०३,०४०
आजको खोप वितरण : ५,४८६
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
नेपालमा
नयाँ संक्रमित : १,३१०
मृत्यु : २१
निको भएको : २,१६४
सक्रिय संक्रमित : २०,६९०
पूरा खोप लगाउनेको संख्या : ११,२६,८७०
जम्मा संक्रमित : ६,६५,८८६
जम्मा निको भएको : ६,३०,४०७
जम्मा मृत्यु : ९,५२७