"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

राहदानी नवीकरण कसरी गर्न सकिन्छ ? यस्ता छन् प्रक्रिया

कतारबाट कसरी नवीकरण गर्ने ?

1. यन्त्रवाचक राहदानी-MRP को आवेदन फारम डाउनलोड गर्न यहाँ दवाउनुहोस् ।

2. राहदानी वापतको शुल्क

  • साधारण राहदानी-                                         कतारी रियाल १८५
  • हराएको वा बिग्रेको अवस्थामा नयाँ राहदानी-      कतारी रियाल ३७०
  • बच्चा (१६ बर्ष मुनि) का लागि राहदानी-             कतारी रियाल ९३
  • अस्थायी राहदानी-                                         कतारी रियाल ८०
  • एक-तर्फी यात्रा अनुमतिपत्र-                            कतारी रियाल १५०

3. साधारण राहदानी आवेदन गर्न आवश्यक कागजातहरुः

  • Pre-enroll गरी प्रिन्ट गरिएको बारकोड सहितको राहदानी फाराम (राहदानी नवीकरण प्रयोजनका लागि) https://online.nepalpassport.gov.np/PreEnrollment/home.html 
  • नागरिकता प्रमाणपत्रको फोटोकपी
  • पुरानो राहदानीको सक्कल र फोटोकपी 
  • कतारी ID को सक्कल

4. बच्चा (१६ बर्ष मुनि) का लागि राहदानी आवेदन गर्न आवश्यक कागजातहरुः

१.    रीतपूर्वक भरिएको राहदानी फाराम (दुई प्रति)  https://nepalpassport.gov.np/wp-content/uploads/2016/01/form2-4mv2-1.pdf 

२.    तोकिएको ढांचाको फोटो (दुई प्रति)

३.    नेपालमा जन्मेको हकमा नावालक परिचयपत्र र विदेशमा जन्मेको हकमा कतारको विदेश मन्त्रालयबाट प्रमाणित जन्मदर्ता प्रमाणपत्रको सक्कल र फोटोकपि

४.    नावालकको बाबुआमासंग सम्बन्धित कागजातहरु:

  • नागरिकता प्रमाणपत्रको फोटोकपि (एक/एक प्रति)
  • नेपाली राहदानीको सक्कल  फोटोकपि(एक/एक प्रति)
  • विवाहदर्ताको प्रमाणपत्रको सक्कल  फोटोकपि

5. हराएको वा बिग्रेको अवस्थामा नयाँ राहदानी आवेदन गर्न आवश्यक कागजातहरुः

  • पुरानो राहदानी हराएको बारे स्थानीय पूलिसको प्रतिवेदन (बिग्रिएको राहदानीको हकमा आवश्यक नरहेको) https://online.nepalpassport.gov.np/PreEnrollment/home.html
  • Pre-enroll गरी प्रिन्ट गरिएको बारकोडसहितको राहदानी फाराम (अन्य आवेदकहरुको हकमा आवश्यक नरहेको)
  • नागरिकता प्रमाणपत्रको सक्कल (पहिले यन्त्रवाचक राहदानी प्राप्त गरिसकेकाहरुको हकमा नागरिकता प्रमाणपत्रको फोटोकपी भएमात्र हुने)
  • पुरानो राहदानीको फोटोकपि
  •  कतारी ID को सक्कल

द्रष्टव्यः राहदानी आवेदन गर्दा एवं राहदानी लिने समयमा आवेदक स्वयं राजदूतावासमा उपस्थित हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button