कतारमा फेरी बढे कोरोना संक्रमित
गत चौबिस घण्टामा देशभर थप २२५ जनामा कोरोना भाइरस संक्रमण र १६६ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये ११७ जना स्थानिय र १०८ जना अन्य देश बाट आएका यात्रुहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,२५,७४७ पुगेको छ । भाइरसकै कारण आज १ जनाको ज्यान पनि गएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार २०,४६८ जनालाई परिक्षण गरिएको थियो ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
हालसम्म जाँच भएको संख्या :२३,१४,६६९ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ७७ जना
आईसीयुमा भर्ना भएका – २ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – २७ जना
निको हुनेको संख्या : २,२३,३७६
आज सम्म खोप वितरण : ३७,३०,८५६
आजको खोप वितरण : २२,३०५
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
नेपालमा
नयाँ संक्रमित : ३,८४०
मृत्यु : ३३
निको भएको : १,९९३
पूरा खोप लगाउनेको संख्या : १५,०३,३१२
जम्मा संक्रमित : ७,४६,६५७
जम्मा निको भएको : ६,४९,०७२
जम्मा मृत्यु : ९,७९१