गोल्डकपको सेमिफाइनलमा कतारले अमेरिकाको सामना गर्ने

कोन्काकाफ गोल्ड कपको सेमिफाइनलमा एसियन च्याम्पियन कतारले अमेरिकाको सामना गर्ने भएको छ ।
१६ राष्ट्र बिचको प्रतियोगितामा एक मात्र आमन्त्रित देश कतारले क्वाटरफाइनलमा एल साल्भाडरलाई आइतबार ३-२ गोल अन्तरले हाराएपछि अन्तिम चारमा पुगेको हो।
कतारले सेमीफाइनल खेलमा आयोजक अमेरिका विरुद्ध जुलाई ३० मा टेक्सासस्थित क्युटु रंगशालामा कतारी समय अनुसार बिहान २:३० बजे खेल्नेछ ।
अर्को क्वाटरफाइनलमा ६ पटक विजेता अमेरिकाले जमैकालाई १-० ले हराएको थियो ।