सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने रास्वपाको निर्णय

काठमाडौं,कात्तिक ९-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको नेता मनिष झाले जानकारी दिए । उनका अनुसार, बैठक भोलि पनि बस्ने छ । आन्दोलनका कार्यक्रमको स्वरूपबारे भोलि जानकारी गराइने छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका पार्टी सभापति रवि लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । तर, रास्वपाले सरकारले प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ गरेको निष्कर्ष निकालेको छ । पक्राउ परेलगत्तै सडक आन्दोलनमा उत्रिएको रास्वपाले बिहीबारसम्म पोखरामा प्रदर्शन गरेको थियो । उसले आजबाट काठमाडौंमा प्रदर्शन सुरु गरेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button