बमको धम्कीपछि इन्डिगोको विमानलाई आकस्मिक अवतरण गराइयो

नयाँ दिल्ली, कात्तिक २९-
भारतीय हवाई सेवा प्रदायक कम्पनी इन्डिगोको कोलकता उडेको जहाजलाई आकस्मिक अवतरण गराएको छ । विमानभित्र बम राखिएको धम्की आएपछि बिहीबार बिहान रायपुर विमानस्थलमा विमानको आकस्मिक अवतरण गरिएको हो । सो विमानभित्र १८७ जना यात्रु र ६ जना क्रु मेम्बर रहेको प्रहरीले बताएको छ । विमान नागपुरबाट कोलकताका लागि उडेको थियो ।
विमानस्थलका अधिकारीहरूले धम्की पाएपछि विमानलाई रायपुरमा अवतरण गरिएको रायपुरको एसएसपी सन्तोष सिंहले बताए । विमान बिहान ९ बजेपछि रायपुर विमानस्थलमा अवतरण भएको थियो । सुरक्षा जाँचका लागि अलग्गै राखिएको अधिकारीहरूले भनेका छन् । प्राविधिक कर्मचारी र बम स्क्वाडले विमानको राम्रोसँग जाँच गरिरहेको बताइएको छ । एजेन्सी
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो