एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं,कात्तिक ४-
नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक छलफल हुने बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन् । बैठकमा यस विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन् । हाल एमालेले सरकारको नेतृत्व गरिरहेको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो