अब २० मिनेटमै दोहा देखि अल खोर सरर

सार्वजनिक कार्य विभाग (अश्घाल) ले आज अलखोर रोडमा पर्ने मुख्य राजमार्ग र प्रमुख तीन इन्टरचेन्जको उद्घाटन गरेको छ । उद्घाटन समारोहमा आन्तरिक तथा प्रधानमन्त्री शेख अब्दुलाह बिन नासेर बिन खलिफा अल थानीको उपस्थिति रहेको थियो ।

जम्मा पाँच लेन रहेको उक्त ३३ किलोमीटर अल खोर रोड तोकिएको मिति भन्दा एक वर्ष अगाडी नै हस्तान्तरण भएको हो । रोडमा पर्ने सिमैस्मा,अल मजद रोड र अल तुर्फा रोडको इन्टरचेन्ज अब पूर्ण रुपमा खुला गरिएको छ । यस नयाँ रोड बाट अलखोर देखि दोहा आउन जम्मा २० मिनेट लाग्दछ । रोडमा एउटा पैदलयात्री आकासे पुल ,४२ साइकलमार्ग र फुटपाथ,२ टनेल ,१ उँट पार गर्ने क्रस ,८ पुल र १० इन्टरचेन्ज रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो