स्थानीय फलफूल तथा तरकारी सस्तो भाउमा बिक्री हुँदै

कतारमै उत्पादन गरिएका तरकारी,फलफूल तथा अन्य खाद्य वस्तुहरू आउँदो बिहीबार २६ तारिख बाट अल मेजरोउह, अल खोर/धकिरा र अल वाक्राको यार्ड बाट बिक्री गरिने भएको छ।
कतारी कृषि वस्तु यार्ड २०१७/१८ को छैठौं संस्करणमा सहभागी हुन ती तीन स्थान बाट झण्डै ८० भन्दा बढी फार्म मा उत्पादन भएका वस्तुहरू बिक्रीमा आउन लागिएको हो।
कतारको स्थानीय बजार सुधार्न र ताजा लोकल वस्तुहरू हालको बजारी भाउ भन्दा सस्तोमा बेच्न नगरपालिका तथा वातावरण मन्त्रालय (बलदिया)ले यस्तो योजना चल्दै आएको छ।
यार्ड बिहीबार देखि शनिबार सम्म बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म खुल्नेछ।त्यस्तै मासु तथा जनावरको लागि चारोको बजार भने सोही समयमा हप्तै भरी खुला रहनेछ।
देशमै उत्पादन भएका विभिन्न परिकारका तरकारी,फलफूल बिक्रीको लागि राखिनेछ।त्यस्तै अरु मह,दूध,अण्डा,माछा पनि सस्तो दरमा बिक्री गरिँदैछ।
मन्त्रालयले आउँदो दिनहरूमा थप तीन यार्ड अल रुवैस,अल शीहानिया र सैलिया पनि खुलाउने तयारी गर्दैछ।जसमा जम्मा ५० कतारी फार्महरु समावेस हुनेछन्।

