बिज्ञापन

काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा

काठमाडौँ, कात्तिक २४-

काठमाडौँ आज विश्वको दसौँ प्रदूषित सहर बनेको छ । बिहान ११ बजेको मापनअनुसार काठमाडौँ विश्वको दसौँ प्रदूषित सहर बनेको हो । आज यहाँको हावाको एक्यूआई १ सय ५४ रहेको छ ।

यस्तै आजै भारतको राजधानी दिल्लीमा वायुको गुणस्तरको स्तर गम्भीर श्रेणीमा रेकर्ड गरिएको थियो। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटमा बिहान ९ बजे उपलब्ध तथ्यांक अनुसार दिल्लीको सबैभन्दा प्रदूषित हावा बवाना र न्यू मोतीबाग क्षेत्रमा रेकर्ड गरिएको थियो।

दिल्लीको बवाना र नयाँ मोती बागमा एक्यूआई ४०९ मा रेकर्ड गरिएको थियो। यसबाहेक रोहिणी क्षेत्रमा पनि एक्यूआई ४०० मा रहेको छ । जब एक्यूआई ४०० भन्दा माथि जान्छ, वायुमा प्रदूषणको स्तरलाई गम्भीर श्रेणीको मानिन्छ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button