सांस्कृतिक केन्द्रको लागि पहल हुँदै

कतारका लागि नेपालका महामहिम राजदूत प्रा. रमेश प्रसाद कोइरालाले कतारको खेलकुद तथा संस्कृति मन्त्रालयका सल्लाहकार फलेह अल अजलान अल हज्री सँग सांस्कृति तथा खेलकुद विभागका कार्यालयमा भेटवार्ता गर्नु भएको छ।

भेटघाटको क्रममा कतारमा कार्यरत नेपालीहरुको सहभागिता, नेपाल-कतारबीच सांस्कृतिक तथा खेलकुद सहकार्य गर्ने, नेपाल-हाउसको स्थापना लगायतका द्विपक्षिय हितका विविध विषयहरुमा छलफल भएको छ । नेपाल सांस्कृतिक विविधतामा धनी देश रहेको जानकारी गराउँदै राजदूतावासले नेपाल-कतार कूटनीतिक सम्बन्ध स्थापनाको ४० बर्ष पुरा भैसकेको स्मरण गराउँदै आगामी दिनहरुमा विभिन्न कार्यक्रमहरु आयोजना समेत गरिएको कुरा महामहिम निर्देशकलाई जानकारी गराइएको थियो ।

सो सम्बन्धमा सल्लाहकार अल हिज्रीले राजदूतावासको समन्वयमा आयोजना गरिने कार्यक्रमहरु, नेपाल-हाउस स्थापनामा लगायतका विविध बिषयहरुमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले नेपालमा कतारी संस्कृति, खानपान झल्किने प्रदर्शनी गर्न समेत इच्छुक रहेको बताउनु भएको छ ।