दूतावासले संविधान दिवस मनायो

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा कतारस्थित नेपाली दूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयाेजना गरी हिजो छैठौ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईएको छ । कतार सरकारकाे स्वास्थ्य सतर्कताकाे प्रावधान अनुरूप उक्त समाराेहमा सिमित संख्यामा कतारकाे गैरआवासीय नेपाली तथा नेपाली समुदायकाे प्रतिनिधित्व रहेको थियो ।
राष्ट्रिय दिवसकाे शुभकामना व्यक्त गर्ने क्रममा महामहिम राजदूत नारदनाथ भारद्वाजले नेपालको राजनैतिक परिवर्तनको ऐतिहासिकताको चर्चा गर्दै गणतन्त्र नेपालले सम्बृद्धिको दिशातिर यात्रा गरिरहेको सन्दर्भ उल्लेख गर्नुभयो ।त्यस्तै गरी नेपाल र कतार बीचको दौत्य सम्बन्ध कायम भए देखि अझै प्रगाढ हुँदै गएको र कतारले गरेकोे विकास उदाहरणीय रहेको बताउँनुभयो । यसका साथै कतारमा रहेका नेपाली समुदायले कतारको विकासको यात्रामा गरेकोे योगदान कतारकाे सम्पूर्ण तहबाट प्रशंसा गरिएको सन्दर्भ पनि उहाँले उल्लेख गर्नुभएको थियो ।

राजदूत भारद्वाजले नेपालकाे राष्ट्रिय झण्डोत्ताेलन गर्दै कार्यक्रमको सुरुवात गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय गान पछि एक मिनेट मौनधारण गरी शहीदहरु प्रति सम्मान व्यक्त गरिएको थियो ।