तलब नदिने दुर्इ कम्पनीका मालिक पक्राउ

क्युएनए

करिब तीन महिना यता देखि शाहानियामा तलब नपाएका दुर्इ कम्पनीका कामदारले गएको ४ तारिक शान्तिपूर्ण हड्ताल गरेपछि कतार सरकारको ध्यानाकर्षण भएको छ । हड्ताल पश्चात तुरुन्त  गरिएको अनुसन्धानमा ती दुर्इ कम्पनीका मालिकलाई पक्राउ गरिएको आजको पेनिन्सुला पत्रीकाले लेखेको छ ।

यसै महिनाको ६ तारिक सो कम्पनीहरुको मालिक सँग सहमतिमा श्रमिक सहायता कोष मार्फत ती कामदारहरुलाई तलब भुक्तानीका साथै कम्पनी फेर्न पाउने व्यवस्था पनि गरिएको छ । त्यसका लागि प्रशासनिक विकास , श्रम तथा सामाजिक मामिला मन्त्रालयले कामदारहरु सँग सहकार्य गरिरहेको छ ।

तलब सुरक्षा प्रणाली अन्तर्गत कामदारको तलब समयमा तथा बैंकिङ प्रणाली मार्फत उपलब्ध गराउन कतार सरकार निरन्तर रुपमा लागिपरेको छ ।

श्रम मन्त्रालयले बिभिन्न कार्यक्रम आयोजना गरी कामदारलाई आफ्नो अधिकार बारे जानकारी गराउन वर्कशप पनि संचालन गर्दै आइरहेको सरकारी सन्चार कार्यलय (जिसीव) ले वक्तव्यमा लेखेको छ । यदि कुनै कानुन विपरीत कम्पनीले काम लगाए वा नियम उल्लंघन गरे तुरुन्त सम्बन्धित कार्यलयमा गएर उजुरी दिन पनि मन्त्रालयले आग्रह गर्दै आइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button