तेलको भाउ बढ्याे

नोभेम्बर महिनामा तेलको भाउ बढेको छ । भोलि १ तारिख सोमबार देखि लागू हुनेगरि सुपर पेट्रोलको र डिजलको भाउमा ५ र १० दिरहामले वृद्धि हुन लागेको कतार इनर्जीले जनाएको छ ।
जारी नयाँ भाउ सँगै अब सुपर पेट्रोल २.१०, प्रीमियम पेट्रोल २.०० र डिजल २.०५ रियाल प्रतिलिटर पर्नेछ।
यसै महिनामा कतार पेट्रोलियमले नयाँ नाम कतार इनर्जी नामाकरण गरेको थियो ।
सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
1
रीस उठ्यो