आज १९३ जनामा भाइरस देखियो,थप १ जनाको मृत्यु

गएको २४ घण्टामा १९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २२५ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १६१ जना स्थानीय र ३२ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,३२,३४३ पुगेको छ ।
भाइरसको कारण आज १ जनाको ज्यान गएको छ । मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ९,९७१ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २३२ रहेको छ र निको हुनेको संख्या १,२९,३४९ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३० जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ३६५ जना
आईसीयुमा भर्ना भएका – १ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ३९ जना
आज सम्म जाँच भएको संख्या – ९,७१,१९९ जना
अझै निको हुन बाँकीको संख्या : २,७६२ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।