आज कतारमा प्रदर्शन हुने ‘शत्रु गते’ को बारेमा जानकारी

प्रदर्शन अगावै र प्रदर्शन पछी सर्वाधिक चर्चा यदि कुनै चलचित्रको छ भने त्यो हो मह जोडीको कमब्याक फिल्म ‘शत्रु गते‘ ।
नेपालमा निकै नै आक्रामक व्यापार गरिरहेको र भोली ५१ दिने मनाउने तयारीमा रहेको चलचित्र शत्रु गते भने अब कतारमा पनि प्रदर्शन हुनेभएको छ । फिल्म यही मे ११ तारिक शुक्रबार, सनैया स्थित एसियन टाउन् सिनेमा -३ मा दिउँसो ३ बजे ३:३० बजे  प्रदर्शनमा आउने छ ।  थप जानकारीका लागि 50916387, 66334384 मा समपर्क गरी बुझ्न सक्नुहुनेछ ।  

मन बिना को धन ठुलो कि धन बिनाको मन, अहिले को निकै चर्चीत गीत का गायक ताथा संगीतकार “टंक बुढाथोकी ” पनि कार्यक्रममा उपस्थित हुनुहुनेछ । 

जात्रा’ निर्देशक प्रदिप भट्टराईको निर्देशनमा तयार भइरहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , दीपक-दीपा ,शिवहरी पौड्याल , पल शाह , प्रियंका कार्की , आँचल शर्मा , बसुन्धरा भुषाल , किरण केसी , राजाराम पौड्याल लगायतका हाँस्य कलाकारहरुको अभिनय रहेको छ ।चलचित्रमा रमिला आचार्य र यशोदा सुवेदीको लगानी रहेको छ भने कार्यकारी निर्माता भने किरण केसी रहेका छन् ।

किन महँगो भयो शत्रु गतेको टिकट दर ? 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button