बिज्ञापन

दुबई एक्स्पो–२०२० को उद्घाटन शुक्रबार गरिदैं, नेपालको पनि सहभागिता

दुबई एक्स्पो–२०२० को उद्घाटन समारोहको संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु भएको छ । १ अक्टोबरमा तीनवटा शानदार आतिसबाजी प्रर्दशन हुनेछन्।

विशाल समारोहमा हवाई अड्डा, सपिङ मलदेखि होटल र अन्य स्थानसम्म स्क्रिन स्थापित गरिने र अविश्वसनीय संगीत र सांस्कृतिक प्रदर्शनहरु प्रस्तुत गरिने बताइएको छ।

दर्शकले संसारको कुनैपनि ठाउँबाट र एक्स्पो टिभीमार्फत र अन्य संचारमाध्यम मार्फत १९३० जीएसटी पछि अवलोकन गर्न सकिने समेत बताइएको छ।

दुबई एक्सपोमा नेपाल

दुबई एक्सपो’ मा भाग लिने नेपाली टोलीको नेतृत्व इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइजी) ले गर्दैछ । आइजी ग्रुप मातहत रहेर ३२ वटा पार्टीले भाग लिँदैछन्। आइजी ग्रुपले २ करोड २२ लाख रुपैयाँ खर्चेर नेपाल सरकारबाट ‘दुबई एक्सपो’ मा भाग लिने अनुमति पाएको थियो ।

‘दुबई एक्सपो’ का लागि नेपाललाई २१३ वर्ग फिटको ठाउँ छुट्टयाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button