कतारको समर्थन गर्दै नेपाली समुदायको कार्यक्रम सम्पन्न

झण्डै चार लाख पचास हजार नेपाली आप्रवासी समुदायको प्रतिनिधित्व गर्दै कतारसँग को एकता जनाउन एक कार्यक्रम आयोजना भएको छ।

“वी लभ कतार, वी सपोर्ट कतार, वी आर इन कतार एण्ड कतार इस आउट सेकेण्ड होम” अर्थात् हामी कतारलाई माया गर्छौ,हामी कतारमा छौं,हामी कतारको समर्थन गर्छौं र कतार हाम्रो दोस्रो घर हो भन्ने मूल नाराका साथ कार्यक्रम गत बिहीबार दोहाको रेडिसन ब्लु होटलमा सम्पन्न भएको थियो।

कतारको परराष्ट्र मामिला मन्त्रालय अन्तर्गतको एसियन विभागका सहायक प्रमुख राशिद अल देहैमीको प्रमुख आथित्यतामा,सम्माननिय अथिती फहद सलिम अल मर्री,नेपाली समुदायका प्रमुख डा.देव काजी डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बंगलादेश,भारत,पाकिस्तान,श्रीलंका र फिलिपिन्स राष्ट्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

पवित्र कुरानको वादन सँगै कतार तथा नेपालको राष्ट्रिय गानबाट कार्यक्रमको सुरुवात भएको थियो।कार्यक्रमकै अवधिभर आफ्नो पहिलो कतार भ्रमणमा आएका नेपाल एकेडेमी अफ फाइन आर्ट्स का सदस्य तथा चित्रकला विभागका प्रमुख रमेश श्रेष्ठ बाट कोरिएको कतारका अमिरको चित्र प्रमुख अथिति अल देहैमी लाई हस्तान्तरण गरिएको थियो।

निर्माण मजदुर ईश्वर राज अधिकारी र रघुनाथ शर्माले आफ्नो कामको कदर गर्दै पद बढाएकोमा कतारलाई धन्यवाद दिँदै छोटो प्रस्तुति राखेका थिए।

त्यस्तै कार्यक्रममा शिव राज गौतमले तयार पारेको नेपाल कतार बीचको सम्बन्धको छोटो वृत्त चित्रपनि प्रस्तुत गरिएको थियो।प्रस्तुतिमा कतार नेपाल बीचको आधिकारिक भेटघाट,दुबै देशका उच्च स्तरीय अधिकारीद्वारा गरिएको भ्रमण,नेपाली समुदायले कतारमा गरेको सामाजिक गतिविधिहरु बारे देखाइएको थियो।

कार्यक्रममा नेपाली समुदायका सागर नेपाल,नरेन्द्र भट्ट,व्यवसायी आर के शर्मा,राज रेग्मी,विनेश तामाङ लगायतका विशिष्ट व्यक्तित्वहरुले नेपाल कतार बीचको एकताबारे आफ्नो मन्तब्य समेत राखेका थिए।

कार्यक्रम विजय राज अधिकारी द्वारा उद्घोष गरिएको थियो भने क्यूएन खबरले यसलाई प्रतक्ष्य प्रसारण गरेको थियो।

उषा वाग्ले गौतम/गल्फ टाइम्सको सहयोगमा

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button